भ्रष्टाचारको मुद्दा लागेका चुडामणी शर्मा ५० लाख धरौटीमा रिहा

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ३५


काठमाडौं । बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणी शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ।

बिशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मालसँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।


प्रतिक्रिया दिनुहोस्