आफ्नो टापु क्षेत्र ताइवान नजिकैबाट बेलायती युद्धपोत तैरिएपछि चीनले चेतावनी जारी गरेको छ।
बेलायतले आफूमाथि खराब मनसाय राख्दै ताइवान नजिकै युद्धपोत पठाएको चीनको आरोप छ।
बेलायती युद्धपोत एचएमएस रिचमन्ड ताइवान नजिकै पुगेको हो। यो जहाज हिन्द–प्रशान्त क्षेत्रमा तैनाथ विमानवाहक आक्रमण समूहको हिस्सा हो।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अकस सम्झौतापछि पहिलोपटक बेलायती युद्धपोत चीनले दाबी गर्ने समुद्री क्षेत्र र चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवान नजिक पुगेको हो।
अकस सम्झौताले हिन्द–प्रशान्त क्षेत्रमा चीनको आक्रामक गतिविधिलाई डटेर लड्ने लक्ष्य लिएको छ। बीबीसी
After a busy period working with partners and allies in the East China Sea, we are now en route through the Taiwan Strait to visit #Vietnam and the Vietnam People’s Navy. #CSG21 International by design pic.twitter.com/0bys9eYY42
— HMS Richmond (@HMS_Richmond) September 26, 2021