गाँजा माग्दा नदिएपछि पशुपतिका एक बाबामाथि खुकुरी प्रहार

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ३१


काठमाडौंको पशुपति क्षेत्रमा एक जना बाबामाथि खुकुरी प्रहार भएको छ। खुकुरीबाट बाबा घाइते भएको गोशाला प्रहरीले जनाएको छ।

सोमबार बिहान खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट सन्तोष नाम गरेका बाबाको पेटमा चोट लागेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताएका छन्।

घटना विश्वरूपा मन्दिर क्षेत्रमा भएको हो। शौचालय जाँदै गरेका उनीमाथि गाँजा माग्दा नदिएपछि खुकुरी प्रहार भएको बुझिएको छ।

‘माल निकाल’ भन्दै ती बाबालाई धम्क्याइएको थियो। तर बाबाले आफू शौचालय जान आएको र आफूसँग छैन भनेपछि एक्कासी खुकुरी प्रहार गरिएको थियो।

खुकुरी प्रहार गरी ती पुरूष फरार भएका छन्। खुकुरी प्रहार भएपछि बाबा आफैंले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस्