अमेरिका पुगेर परराष्ट्रमन्त्रीले भने-‘एमसीसी संशोधन हुन सक्दैन्’

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ११


काठमाडौं । हाल अमेरिकाको भ्रमणमा रहेको परराष्ट्र मन्त्री डा.नारायण खड्काले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन्।

न्युयोर्कस्थित महावाणिज्यदूत कार्यालयले गरेको कार्यक्रममा उनले एमसीसी परियोजना संसोधनका लागि अमेरिका तयार नहुने स्पष्ट पारेका हुन्।

उनले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको उल्लेख गर्दै नेपालमा विवाद भइरहे बरु अमेरिकाले फिर्ता लैजाने जिकिर गरे।

मन्त्री खड्काले एमसीसीमा हस्ताक्षर गर्दा समर्थन जनाएको माओवादी अहिले विरोधमा उत्रिनु अनौठो भएको पनि बताए।

केपी ओलीले दुवै पटक प्रधानमन्त्री हुँदा पनि एमसीसी पास गराउन खोजेको भन्दै खड्काले सत्ता छाडेपछि बोली फेरिएको टिप्पणी गरे।

एमसिसीबारे अहिले सामाजिक सञ्जालमा भइरहेका प्रचार भ्रमपूर्ण र अनर्गल भएको मन्त्री खड्काको दाबी थियो।

उनले नेपालको सडक र जलविद्युत् क्षेत्रको विकासका लागि एमसिसी आवश्यक रहेको उल्लेख गरे।

मन्त्री खड्काले केही मानिसले बुझ्दै नबुझी एमसीसीविरुद्ध माइतीघर मण्डलमा उफ्रिरहेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्