पशुपतिमा बाबामाथि खुकुरी प्रहार

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ४५


काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ।

सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

उनीमाथि गाँजा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन्। ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए।

सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो। उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने युवकको हाल खोजी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्