नेकपा एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च माधव नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा समाहित भएको छ। शनिबार एक कार्यक्रमको अयोजना गरी खोटाङ–काठमाडौं सम्पर्क मञ्च नेकपा एसमा समाहित भएको औपचारिक घोषणा भएको हो।
नेकपा एसमा समाहित भएसँगै अब खोटाङ–काठमाडौं सम्पर्क मञ्चको नाम नेकपा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्च भएको छ। सम्पर्क मञ्चको नयाँ अध्यक्षमा अर्जुनभक्त राई निर्विरोध चयन भएका छन्।
उनले नेकपा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्चले खोटाङका जनतालाई नेकपा एसको राजनीतिक र वैचारिक विषयको जानकारी गराउँदै जनमत सिर्जना गर्ने तथा सामाजिक काम गर्दै जनताको मत जित्ने काममा लाग्ने बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले प्रतिगमनकारी, अहंकारी र दम्भी पनि भनेका छन्। माधव नेपालको पार्टीमा प्रवेश गरेका उनले ओलीलाई संविधानको मान र मर्यादा नमान्ने पार्टीका अध्यक्ष पनि भनेका छन्।