दुर्घटनाबाट जोगिएको बुद्ध एयरको विमानबारे मन्त्रालयले छानबिन गर्ने

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : २२


काठमाडौं । दुर्घटनाबाट जोगिएको बुद्ध एयरको विमानका सम्बन्धनमा सरकारले अध्ययन गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्यान्डिङ गियरमा समस्या आएर आकाशमा होल्ड गर्दै अवतरण गरिएको बुद्ध एयरको विमानका विषयमा अध्ययन गर्ने जानकारी दिएको छ।

जहाजको विषयमा बुद्ध एयरले पनि आन्तरिक छानबीन गर्ने छ, भने नेपाल उड्डयन प्राधिकरणले पनि यस विषयमा छानबीन गर्ने छ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि जहाज काठमाडौं नै फर्काइएको थियो। तर जहाज सिधै काठमाडौं आएर ल्यान्ड हुन सकेन। जहाज ल्यान्ड गर्न खोज्दा जहाजको पाङ्‍ग्रा खुलेन।

त्यसपछि पाइलटले जहाज आकाशमै होल्ड गरे। जहाज दुई घण्टासम्म जहाज आकाशमै घुमिरहर्‍यो। जहाज आकाशमा घुमाउनेको एउटै कारण थियो, जहाजमा भएको तेल सकेर आत्पतकालीन फोर्स ल्याण्डिङको पूर्ण तयारी। अन्ततस् जहाजको ल्यान्डिङ गियरले काम पनि गर्‍यो। पाइलटले जहाज अवतरण गरे। त्यसले कुनै अप्रिय घटना हुन पाएन। जहाजमा चालकदलका सदस्यसहित ७७ जना यात्रु थिए।


प्रतिक्रिया दिनुहोस्