जर्मनीको चुनावमा एन्जेला मर्केलको पार्टीलाई एसपीडीले थोरै मतले जित्यो

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : १४


जर्मनीको आम चुनावमा सोसल डेमोक्रेटिक पार्टी एसपीडीले जित हासिल गरेको छ। बीबीसीका अनुसार एसपीडीले जर्मन चान्सलर एन्जेला मर्केलको सत्ताधारी पार्टी सीडीयूलाई कमै मतले पराजित गरेको हो।

एसपीडीले २५ दशमलब ७ प्रतिशत मत प्राप्त गरेको छ भने सीडीयूले २४ दशमलब १ प्रतिशत मत प्राप्त गरेको छ। अधिकारीहरुका अनुसार ग्रिन्स पार्टीले हालसम्मकै राम्रो प्रदर्शन गरेर तेस्रो ठूलो पार्टी बनेको छ। यो पार्टीले १४.८ प्रतिशत मत पाएको छ।

बीबीसीका अनुसार सरकार बनाउन अब गठबन्धनको आवश्यकता पर्छ। सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी एन्जेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछिन्। उनले चुनावमा नलडेकाले अब उनी शक्तिमा हुने छैनन्।

उनले चुनाव नलड्ने घोषणा गरेपछिको निर्वाचनमै उनको पार्टी पराजित भएको हो। अब जबसम्म गठबन्धन सरकार बन्दैन तबसम्म मर्केलले नै देश चलाउनेछिन्। नयाँ सरकार र नेतृत्वको लागि ठूलो अर्थतन्त्र भएको जर्मनीले क्रिसमस चाँडसम्म पर्खिनुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस्