सकुशल अवतरण भयो बुद्ध एयरको जहाज

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ३८


काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेर पुनः काठमाडौं नै फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज अवतरण हुन नसकेर काठमाडौं नै फर्किएको थियो ।

जहाज विराटनगरमा अवतरण हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्