दसैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ? (सूचीसहित)

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : १८


काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आज (सोमबार)देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

भाडादर


प्रतिक्रिया दिनुहोस्