नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ०९


काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा अग्रता बढाएको थियो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल गरे । फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले १/१ गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले १/१ गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए । नेपाली टिम आज माल्दिभ्स प्रस्थान गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्