काठमाडौं । नेपालका परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय विदेश मन्त्री डा.एस जयशंकर बीच भेटवार्ता भएको छ।
हाल अमेरिकाको भ्रमणमा रहेका नेपाली पररराष्ट्रमन्त्री डा.खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको हो।
दुबै नेताबीच आपसी द्विपक्षीय र क्षेत्रीय विषयमा संगसंगै अघि बढ्ने बिषयमा कुराकानी भएको छ।
भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको बताएका छन्।
उनले नवनियुक्त परराष्ट्र मन्त्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको समेत जनाएका छन्।
Pleased to welcome my new Nepali colleague, Dr. Narayan Khadka.
Agreed that we should work together closely to take our special relationship forward. pic.twitter.com/NA5D3PYBjC
— Dr. S. Jaishankar (@DrSJaishankar) September 26, 2021
महासभामा सहभागी हुनका लागि परराष्ट्रमन्त्री बनेकै दिन खड्का अमेरिका गएका थिए।
यसअघि मन्त्री खड्काले बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरिसकेका छन्।
सो भेटमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको थियो। यस्तै यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरिसकेका छन्।
७६ औँ महासभाका अध्यक्ष एवं माल्दिभ्सका पूर्वविदेशमन्त्री अब्दुल्ला साहिदसँग पनि उनको भेट भैसकेको छ।
परराष्ट्र मन्त्री खड्काले सोमबार राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी शुक्रबार काठमाडौं आइपुग्ने कार्यक्रम छ।