काठमाडौं । पछिल्लो समय राजसंस्थाको बारेमा खुलेर बोल्दै आएकी अभिनेत्री मनिषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ।
सामाजिक सञ्जाल मार्फत अभिनेत्री कोइरालाले पूर्वयुवराज्ञी हिमानी लगायतसँग भेटघाट गरेको जानकारी दिएकी छन।
उनले आफूलाई मन पर्ने सशक्त महिला समूहसँग भेटघाट गरेको उल्लेख गर्दै तस्विर सेयर गरेकी छन्।