मदिरा सेवन गरी स्कारपियो चलाउँदा दुर्घटना

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ५६


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ।

गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

चालक शिवनाथ(२ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ। स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले बताए।

चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ। दुर्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चालकले मदिरा सेवन गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्कारपियोमा ८ जना सवार थिए।


प्रतिक्रिया दिनुहोस्