एमसीसी नेपालको हितमा छ, गलत अर्थ नलगाऔं: डा.महत

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २८


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वअर्थमन्त्री डा.रामशरण महतले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको दाबी गरेका छन।

एमसीसीबारे विभिन्न बहस भइरहँदा नेता महत एमसीसीको पक्षमा देखिएका हुन।

डा.महतले अनुदान सहायता मुलुकको आर्थिक हितका लागि भएको स्पष्ट पारेर आइतबार साँझ समाजिक संजालमा लेखेका छन्,‘आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि हो, दातृराष्ट्र अमेरिकी स्वार्थका लागि होइन।’

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन। अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्