अध्यक्ष ओलीले स्वकीकार्नुपर्छ संसद विघटन गल्ती नै थियो : घनश्याम भुसाल

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ३९


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन्।

उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन्।

केन्द्रीय कमिटीको दुई दिन चलेर आइतबार सकिएको बैठकले ओलीको राजनीतिक प्रतिवेदन पास गर्‍यो। तर प्रतिवेदनका केही विषयमा भुसालले विमति सहित फरक मत राखेका छन्।

उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने,समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै आफ्नो फरक धारणा राखेका छन्।

‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ। फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा छ।


प्रतिक्रिया दिनुहोस्