मोटरसाइकलबाट खसेर बैतडीमा एक महिलाको मृत्यु

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : १३


बैतडी। बैतडी पञ्चेश्वरमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका-३ कुलाउबाट सोही गाउँपालिकाको आम्चोरा जाने क्रममा आइतबार दिउँसो २स्३० बजेतिर मोटरसाइकलबाट खसेर पञ्चेश्वर-३ गोगनपानीकी ५० वर्षीय लक्ष्मी साउँदको मृत्यु भएको हो।

पञ्चेश्वर गाउँपालिका-१ का वडा सदस्य परमल घटालले चलाइरहेको सु.प.प्र.०१००३ प २६६१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी साउँद खसेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रवक्ता ओझाले बताए। कच्ची सडकका कारण दुर्घटना भएको अनुमान गरिए पनि यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

चालक वडा सदस्य भने सकुशल रहेका छन्। मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन्।

 

 


प्रतिक्रिया दिनुहोस्