ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : २१


सिरहा । सिरहास्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका( ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गईरहेको ना६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स.प ९१८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी कञ्जनरुप नगरपालिका(७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेल गम्भीर घाइते भएका थिए।

घाइते कटुवालको उपचारको क्रममा लहानमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्