देशभर थपिए ८३४ कोरोना संक्रमित, ९ जनाको मृत्यु

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ५०


सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको केसभन्दा निको हुने बढी रहेका जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ सय ३४ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या एक हजार दुई सय ७९ रहेको छ।

८ हजार पाँच सय ८९ नमुनाको पीसीआर परीक्षण गर्दा सात सय ३० जना र पाँच हजार एक सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४ गरी ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन्। जसमध्ये १७ हजार आठ सय १३ जना होम आइसोलेसन र एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

मन्त्रालयकाअनुसार तीन सय ६८ जना संक्रमित आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत् छन्।


प्रतिक्रिया दिनुहोस्