रोकिएन सेयर बजारको पहिरो, ६१ अंकले नेप्से झर्दा साढे ६ अर्बको कारोबार

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : १७


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि भारी गिरावट आएको छ।

नेप्से परिसचुक आज ६१.२८ अंकले घटेर २७५८.४७ को बिन्दुमा बजार बन्द भएको छ। यसदिन नेप्सेमा ६ अर्ब ५० करोड बढीको कारोबार भएको छ।

म्युचल फण्ड बाहेक सबै क्षेत्र राताम्य हुँदा सबैभन्दा धेरै आज फाइनान्स र हाइड्रो क्षेत्रका कम्पनीमा गिरावट आएको छ।

यी हुन आज धेरै गुमाउने २० कम्पनी

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाई गरेपछि गिरावट आउन थालेको नेप्सेमा पछिल्ला दिनमा सम्हालिन खोजेपनि बजार माथि जान सकेको छैन।

 


प्रतिक्रिया दिनुहोस्