विप्लव नेकपाको विद्यार्थी अध्यक्षमा शाही, प्रकाश चन्द पनि बिदा भए

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ४२


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन।

पोखरामा भएको २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गरेको छ।

सम्मेलनले २० भन्दा बढी महिलासहित १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।

नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरूमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर रहेका छन्।

नवनिर्वाचित महिलाहरूमा कलसा शाही (काठमाडौंमा विस्फोटमा परि ज्यान गुमाउने प्रज्वल शाहीकी बहिनी), करिस्मा भट्टराई, रूपासिंह ठकुरी, छाया सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी, डा.मान्यता थापा, प्रेरणा बुढा, अमला घर्ती, सङ्गीता विक, लक्ष्मी शाह, तारा सञ्ज्याल, रवीना, अस्मिता कुमाल, कमला परियार, जानकी खत्री, इन्दु वली, नतशा सुवेदी, प्रीतिमा चौधरी, रूपा बुढा रहेका छन्।

त्यसैगरी नवनिर्वाचित अन्य सदस्यहरूमा श्रीराम बस्याल, लक्ष्मण विक, प्रकाश गिरी, दिलबहादुर तिरुवा, खगेन्द्र राई, मीन रेग्मी, सुदीप पौडेल, बीपी उपाध्याय, खिमलाल बुढाथोकी, निगम भट्टराई, देवशङ्कर लामा, विनोद जोशी, कृष्ण घर्ती, गजेन परियार, रमेश रावल, धनराज विक, उपेन्द्र परियार, पुरन पुन, उपेन्द्र रावल, उदयराम विक, नरसुर बुमी, विराजन शाही, डीबी शाही, लोकेश जोशी, धनजित विक, अमृत श्रेष्ठ, मदन चापागाईं, महेश अधिकारी, विशाल जिरेल, नगेन्द्र चौलागाईं, रवीन केसी, प्रेम सिँजापति, बलराम लोहार, मेगेन्द्र न्यौपाने, राजकुमार तामाङ, पर्वत रुम्बा, डीबी चन्द, ललिजन बम, रमेश सुनार, गोविन्द बिष्ट, विशाल ठकुरी, विजय खड्का, राजन साउद, पदम विश्वकर्मा, खगेन्द्र सिटौला, विनोद मगर, हरि बिष्ट, निराजन किराँती, विकास राई (जेल), विनोद बराल, केशव भट्टराई, लङ्क राना, विष्णु राउत, विकल्प खत्री, नवीन खड्का, हरि पुन, अमर खड्का, प्रेमप्रशान्त बोहोरा, टङ्क केसी, केशव कुँवर, अनिल केसी, प्रकाश, रमेश बीसी, सुरेन्द्र धानुक, ललित एसके, सुवास जोशी, नरेन्द्र भाट, प्रकाश कठायत, शङ्कर खाती, प्रभात भट्टराई, ईश्वर पाण्डे अटल, पुष्प न्यौपाने, मदन केसी, प्रकाश जप्रेल, प्रेम शाही, सुरेन्द्र बस्नेत, दीपक बिष्ट, नवराज भट्ट, ललित विक, बाबुराम नेपाली, प्रकाश तिरुवा रहेका छन्।

सम्मेलनबाट पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल, पूर्वउपाध्यक्ष रुद्र भट्टराई, सचिव सन्तोषी भट्टराईसहित ३० भन्दा बढी केन्द्रीय सदस्य विद्यार्थी सङ्गठनबाट बिदा भएका छन्। यस्तै सो संगठनको केन्द्रिय सदस्यबाट विप्लवका पुत्र डा प्रकाश चन्द पनि बिदा भएका छन।

बिदा हुने अन्यमा वीरेन्द्र विक, कमल बडुवाल, मुकुन्द श्रेष्ठ, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाल, प्रकाश बास्कोटा, बद्री अधिकारीलगायत छन् ।


प्रतिक्रिया दिनुहोस्