काठमाडौं । गायिका नलिना चित्रकारको नयाँ गीत ‘असन बजारमा’ सार्वजनिक भएको छ।
गायिका चित्रकारले वेद बस्नेतसँगै गाएको डान्सिङ नम्बरको यो गीत आइतबार सार्वजनिक गरिएको हो।
राजनराज शिवाकोटीको संगीत रहेको यस गीतलाई डिपी खनालले लेखेका हुन। गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको छ।
अमेरिकामा छांयाकन गरिएको भिडियोमा नायिका अशिष्मा नकर्मी र नारायन प्रधान तथा नेपालमा छायांकन गरिएको भिडियोमा मोडल उषा उप्रेतीका साथ कमल साउद फिचर्ड छन्।
भिडियोमा प्रमोद भण्डारी र आइसा ओझाले नृत्य निर्देशन गरेका छन् भने रबमेश्वर कार्की र उत्सव दाहालले खिचेको भिडयोलाई विकाश दाहालले सम्पादन गरेका छन्।
निर्देशनको क्रिएटिभ पाटो जया शर्माले हेरेका छन्। गीतको भिडियो तल हेर्नुहोस्