वडा कार्यालयको शौचालयमा शव भेटियाे

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ०३


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस्