ईपीएलमा आज दुई खेलः विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३९


काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएलमा आज दुई खेलः विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै) क्रिकेटको दोस्रो दिन आज आइतबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरार्ष्ट्रिय खेल मैदानमा हुने चौथो संस्करणको दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन्।

बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमनेसामने हुने छन्। चितवन सोमपाल कामीको कप्तानीमा खेल्दै छ भने विराटनगरको कप्तानी करण केसीले गर्ने छन्।

पहिलो खेलमा दुबै टोलीको लक्ष्य सुखद सुरुवात हुनेछ। दुबै टोलीलाई राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडीको साथ रहनेछ। दिउँसो १ः३० बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमनेसामने हुनेछन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्नेछन्।

शनिबारदेखि सुरु भएको ईपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो। ईपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस्