कर्णालीका मुख्यमन्त्रीको गलामा एक लाखको माला !

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५१


सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरका शौखिन छन्। उनी कहिले हेलिकोप्टर चार्टर गरेर मुगु,कालिकोट, जुम्ला हुम्ला पुग्छन् त कहिले डोल्पा।

०७६र७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएको थियो।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकोप्टर चढेर शनिबार डोल्पा पुगे। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखको हवाइ इन्धन खर्चेका छन्। इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेको छ।

उनको यो भ्रमणमा अर्को अनौँठो दृष्य देखियो। गलामा मालाको भारी। शाही र बुढासँगै खर्चे बेहोर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाको गलामा ४०र४० किलोको १ लाख मूल्यको माला थियो।

हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । जसमा श्रमिकको ज्याला पनि जोडिएको छ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका–६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए। ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन्। गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए। ४० किलोको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही,बुढा र रोकायामाथि टिप्पणी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्