आफ्नो रेकर्ड तोडेकोमा पेलेले ‘सरी’ भन्दै मेस्सीलाई दिए बधाइ

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ०९


अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आजभन्दा १५ दिन अगाडि विश्व प्रख्यात फुटबलर पेलेको गोल रेकर्ड तोडेका थिए। पेलेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए।

उनले ७७ गोल गरेका थिए। तर स्टार खेलाडी लियोनल मेस्सीले सेप्टेम्बर १० मा जब बोलिभियाविरुद्ध ह्याट्रिक गरे पेलेको रेकर्ड तोडियो। मेस्सीको नाममा यतिबेला ७९ अन्तर्राष्ट्रिय गोल भएको छ। जुन पेलेकोभन्दा धेरै हो।

आफ्नो रेकर्ड तोड्न सकेकोमा पेलले यतिबेला १५ दिनपछि मेस्सीलाई बधाइ दिएका हुन्। वास्तवमा पेले बिरामी थिए। उनी भर्खरै अस्पतालबाट डिस्चार्ज भएर आराम गरिरहेका छन्।

उनले मेस्सीलाई यस सन्दर्भमा ढिलो बधाइ दिएकोमा माफीसमेत मागेका छन्। यस्तै उनले पीएसजीमा स्टार खेलाडी नेमार र एमबाप्पेको मद्दतमा अझै धेरै उपलब्धि हासिल गर्ने भन्दै शुभकामना दिएका छन्।


प्रतिक्रिया दिनुहोस्