आज नेपालमा थपिए ९५३ कोरोना संक्रमित, ६ जनाको मृत्यु

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ४२


नेपालमा पछिल्लो २४ घन्टामा नौ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा नौ सय ५३ जनामा संक्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १९ हजार ७०० जना रहेका छन्।

५०० भन्दा बढी संक्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन्।

पछिल्लो २४ घन्टामा एक हजार ३७१ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने कुल संख्या सात लाख ५९ हजार ८७५ रहेको छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ८७ जनाको निधन भइसकेको छ।

हाल देशभर ३६३ जना सघन उपचार कक्ष ९आइसीयू०, १०९ जना भेन्टिलेटर, १८ हजार ३४० जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २३७ जना क्वारेन्टिनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्