कोरोना खोप र मास्क विरोधी ब्राजिलका राष्ट्रपति, उनका छोरा बने कोरोना संक्रमित

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : २१


ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोलीमध्ये उनी तेस्रो सङ्क्रमित हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिनुभएको छ। उनले आफैँले आफैंलाई हेरविचार गरिरहेको पनि बताएका छन्।

यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो। न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा छन्।

त्यसबाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन्।

अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने कोरोनाबाट जोगिन सफल भएको जनाइएको छ। मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेका थिएनन् भने खोप पनि लगाएका थिएनन्। रासस

यो पनिः ट्रम्पजस्तै उटपट्याङ ब्राजिलका राष्ट्रपति, मास्क लगाउन मान्दैनन्-खोप लगाएका छैनन्


प्रतिक्रिया दिनुहोस्