ईपीएलः बर्ल र गुर्बाजको आक्रमक ब्याटिङमा काठमाडौंको विजयी सुरुवात

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ४९


रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो।

ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे।

सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो। सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे। १२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए।

त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित ७० रनको साझेदारी गरका थिए। बर्लले ३३ बलमा ३ चौका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे।

यसअघि पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १ सय ६४ लक्ष्य दिएको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनायो। काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडेका थिए।

आइतबार ईपीएलमा दुई खेल हुनेछन्। काठमाडौंका कप्तान सन्दीप लामिछाने र विश्व चर्चित बलर साहिद अफ्रिदीले भने आज ललितपुरविरद्ध कुनै विकेट लिन सकेनन्।


प्रतिक्रिया दिनुहोस्