माधव नेपालको चुनौतीः केपी ओलीलाई धुलो चटाएर छाड्छौं

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : २६


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टीलाई कडा धक्का दिँदै जाने बताएका छन्। उनले केपी ओलीलाई धक्का दिँदै जाने र उनलाई धुलो चटाएर छाड्ने चुनौती दिए।

नेकपा एसको भेलालाई हेटौँडामा शनिबार सम्बोधनका क्रममा उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठूलो धक्का भोगिसकेको पनि बताए।

उनले भनेका छन्,‘कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ। अब हेर्दै जानुस् बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन्।’

अध्यक्ष नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेत गर्दै यस्तो भनेका हुन्।


प्रतिक्रिया दिनुहोस्