अरिङ्गालको टोकाइबाट दैलेखमा एकको मृत्यु, हेलिकप्टरबाट उद्धार गर्दा पनि जोगिएन ज्यान

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : १७


दैलेख जिल्लाको ठाटीकााँध गाउँपालिकामा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु भएको छ।

ठाँटीकाँध गाउँपालिका–५ तोलीपाटाका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी अनुपम श्रेष्ठले बताए।

शुक्रबार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो।

प्रदेश अस्पताल सुर्खेतको आईसीयूमा राखेर उपचार थालिएको बेला शनिबार मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुन्।


प्रतिक्रिया दिनुहोस्