राष्ट्रसंघमा चर्काचर्कीः भारतले पाकिस्तानलाई आतंकवाद प्रायोजन गर्ने राष्ट्र भन्यो

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : १३


संयुक्त राष्ट्रसंघमा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ। बीबीसीका अनुसार यी दुई राष्ट्रबीच गम्भीर आरोप–प्रत्यारोप भएको हो।

राष्ट्रसंघको ७६ औं आम सभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमाथि मुस्लिम जनसंख्या नाश गर्ने खेल खेलेको तथा कस्मिरको मुसलमानको मानवअधिकार खोसेको आरोप लगाएका थिए।

खानले भारतको भाजपा सरकारले मुस्लिमविरुद्ध डरको अवस्था सिर्जना गरेको र मुस्लिमको मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएका थिए। जवाफमा राष्ट्रसंघका लागि भारतका प्रतिनिधि स्नेहा दुबेले खानको हरेक बयानको खण्डन गर्दै जवाफ दिएकी थिइन्।

खानले भनेका थिए,‘भारतले आफ्नो फैसला र कारवाहीले जम्मु–कस्मिरमाथिको राष्ट्रसंघको प्रस्ताव उल्लंघन गरिरहेको छ। राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावमा स्पष्ट रुपमा भनिएको छ कि कम्सिर विवादित क्षेत्र हो र त्यसको समाधान राष्ट्रसंघको निगरानीमा हुने जनमत संग्रहले गर्दछ। भारतले कस्मिरमा अन्तर्राष्ट्रिय मानवाधिकारको पनि उल्लंघन गरिरहेको छ।’

पाकिस्तानको भनाइ (भिडिओ)

जवाफमा स्नेहा दुबेले पाकिस्तानले भारतको आन्तरिक मामिला विश्व मञ्चमा प्रस्तुत गरेर झुठो खबर फैल्याएको साथै भारत छवि बिगार्न सुनियोजित रुपमा लागेको बताइन्। उनले प्रतिक्रिया जनाउन पाउनुपर्ने अधिकार प्रयोग गर्दै पाकिस्तान आतंकवादी स्वतन्त्र हुने देश भएको बताइन्।

उनले भारतमा आतंकवादी घटना बढाउन पाकिस्तानले आतंकवादीलाई प्रयोजन गरेको पनि आरोप लगाइन्। उनले सो क्रममा जम्मु–कस्मिर र लद्दाख भारतको अभिन्न र अविभाज्य हिस्सा भएको र सँधै रहने पनि बताइन्।

पाकिस्तानले भनेजस्तो भारतमा मुस्लिमाथि विभेद नभएको उनको भनाइ थियो। उनले बरु पाकिस्तानमा त्यहाँकै अल्पसंख्यक हिन्दु, शिखहरु मस्लिम समुदायबाट प्रताडित हुने गरेको आरोप लगाइन्।

भारतको भनाइ (भिडिओ)


प्रतिक्रिया दिनुहोस्