मदिराले लठ्ठ ओस्कार विजेता निकोलास केजलाई बारबाट जबर्जस्ती निकालियो (भिडिओ)

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : २९


५७ वर्षका हलिउडस्टार तथा ओस्कार अवार्ड विजेता निकोलास केज हालसालै अमेरिकाको लास भेगसस्थित एक बारमा मदिराले लठ्ठ भएको देखिएका छन्।

सार्वजनिक भिडिओमा उनले बारका कर्मचारीलाई थर्काउन थालेपछि र झगडा गर्न थालेपछि उनलाई बारका कर्मचारीले जबर्जस्ती बाहिर निकालिदिएका छन्।

उनलाई त्यहाँका कर्मचारीले चिन्न नसकेका कारण र घरविहीन मान्छे सम्झिएका कारण पनि उनलाई जबर्जस्ती बारबाट बाहिर निकालिएको बताइएको छ।

उनले त्यहाँ झगडा नै गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो।

(भिडिओ)

सामाजिक संजालमा मात्तिएको भिडिओ भाइरल भएपछि उनको आलोचना भएको छ। केजले गोस्ट राइडर, पिग, नेसनल ट्रिजर, फेस अफ, लर्ड अफ वारजस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन्।

उनले ओस्कार अवार्डका साथै गोल्डेन ग्लोबजस्ता दर्जनौं अवार्डहरु पाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्