बेंगलोरमाथि चेन्नईको सहज जित, आज दुई खेल

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : २७


काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई हराएको छ । शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नईले बेंगलोरलाई ६ विकेटले हराएको हो। बेंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन जोडे । फाप डु प्लेसिसले ३१ रन तथा मोइन अलीले २३ रन बनाए । बेंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । बेंगलोरका लागि देवदत्त पडिकलले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रन बनाए । एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए ।

यस जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल अपराह्न ३ः४५ बजे अबुधाबीमा दिल्ली र राजस्थान बीच हुनेछ भने दोस्रो खेल साँझ ७ः४५ बजे शारजाहमा पञ्जाब र हैदराबादबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस्