मेयर द्वारिकालाललाई विप्लव समूहको चेतावनी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : ४६


काठमाडौं । विप्लव नेकपाले आफ्नो पार्टीका नेतामाथि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

महालेखा परिक्षणमा देखिएको बेरुजु संकलन गर्ने र सार्वजनिक गर्न आफ्नो पार्टीको नीति अनुरुप वेरुजु लगायत अन्य विषयमा छलफल गर्न जानेक्रममा सुनसरीका सेक्रेटरी विवस र जिल्ला कार्यलय सचिव मनिष माथी मेयर चौधरीले दुर्व्यवहार गरेको नेकपा सुनसरीले जनाएको छ।

नेकपाले एक प्रेस विज्ञप्प्ती जारी गरी इटहरी उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुर्य सुवेदीको कार्यकक्षमा नेकपा (एमाले)का प्रदेश सदस्य तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीद्वारा गुण्डागर्दी शैलीमा निकृष्ट, कुसंस्कृत र तल्लो स्तरको अपशब्द प्रयोग गरि गरिएको दुर्व्यवहारको पार्टीको तर्फबाट घोर निन्दा र भ्रत्सना गरेका छन्।

उक्त कार्य आम नागरिकहरुको न्यायपूर्ण आवाजलाई निस्तेज गर्ने दुष्प्रयास हो भन्दै विज्ञप्तीमा भनिएको छ, –‘हाम्रो पार्टीले, राजनैतिक पार्टी माथी गरिएको यो दुर्व्यवहार र गुण्डागर्दीको उचित समयमा संघर्षद्वारा उचित जवाफ दिने छ। मेयर चौधरीद्वारा आफ्ना कालाकर्तुत लुकाउने नियतका साथ संचारकर्मीर राजनीतिकर्मी रसर्वसाधारण महिला एवं नागरिकमाथी गरिने यस्ता हर्कतहरु सच्याउन र सार्वजनिक माफी माग्न चेतावनी दिदै पटकपटक दोहोरीरहने यस्ता हर्कतवारे नेकपा (एमाले) को आधिकारिक धारणा सार्वजनिक गर्न समेत जोडदार आग्रह गर्दछौं।’


प्रतिक्रिया दिनुहोस्