घरमा कुकुर पाल्न अब महानगरपालिकामा दर्ता गर्नुपर्ने

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : ३८


घरमा कुकुर पाल्न अब महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ। पोखरा महानगरपालिले महानगरभित्र कुकर पाल्ने व्यक्तिले अनिवार्य रुपमा महानगरभित्र दर्ता गर्नुपर्ने बताएको छ।

महानगरमा कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरले जनाएको छ।

कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने छ।

सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र रु २०० पर्ने बेल्ट निःशुल्क प्रदान गरिने महानगरले जनाएको छ।

महानगरको वडा नम्बर ८ मा बिहीबार उपप्रमुख मञ्जु देवी गुरुङले कार्यक्रमको शुरुवात गरेको वडाध्यक्ष रुद्र बरालले जानकारी दिए।

दर्ता सँगै निःशुल्क रूपमा रेबिज विरुद्धको खोप र पोखरा महानगरपालिका वडा नम्बर ८ लेखिएको बेल्ट प्रदान गरिएको छ।

कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण कुकुरको दर्ता प्रक्रिया अघि बढाइने र दोस्रो चरणमा कुकुर सडकमा छाडा छोड्ने तथा जथाभाबी दिसा पिसाब गराउँदै हिँड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना लगाइने उनले बताए।


प्रतिक्रिया दिनुहोस्