‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : २४


काठमाडौं . गायक वसन काफ्लेको शब्द र सम्वादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

आज एक कार्यक्रममा ‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडियोमा निर्देशन कमल राईले गरेका हुन्।

जसमा छायांकन शिव ढकालको रहेको छ। भिडियोमा एमसीसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ।

म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठलगायतको शसक्त अभिनय रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै गायक मौसम मधुरले एमसीसीको विरोध नगर्ने कलाकारहरूको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गरे।

कार्यक्रममा गीतका गायक काफ्लेले पार्टीहरू भन्दा हामी नागरिक हौं भनेर एमसीसी हस्तक्षेपलाई सबै जनतासामु पुर्‍याउन कोशिश गरेको बताए।

जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाई थियो। उनले सम्पूर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए।


प्रतिक्रिया दिनुहोस्