न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ देखि खुल्ने

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ११


काठमाडौं । न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो।

कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपीओमा सर्वसाधारणले १९ असोजसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

 


प्रतिक्रिया दिनुहोस्