व्यापारीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ०२


बैतडी । सन्सेरीमाण्डौँका व्यापारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका सातजना मध्ये तीनजनालाई सामान्य सोधपुछपछि छोडेको र बाँकी चारजनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सुर्नया गाउँपालिका–५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया–४ का हरिस सिंह महरा, स्थानीय होटेल सन्चालक रामबहादुर महरा र शंकरसिंह महरालाई शुक्रबार सार्वजनिक गरेको हो। उनीहरूले व्यापारी कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीको आरोप छ।

बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ।

उनले भने, ‘आरोपित व्यक्तिहरूको बयान शुरु भएको छैन् । सामान्य सोधपुछका क्रममा तीनजनालाई छोडेर चारजनालाई हिरासतमा राखि अनुसन्धान शुरु गरेका छौं।’ चारजना मध्ये रामबहादुर मडैको हत्यामा मुख्य संलग्नता रहेको प्रहरीले जनाएको छ। मडैलाई विहीबार घरैबाट प्रहरीले पक्रेको हो।

सुर्नया–४ सन्सेरीमाण्डैँस्थित मासु पसल सञ्चालन गर्दै आएका ५६ वर्षीय कमले महराको विहीबार बिहान शव फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस्