खोंचमा फेला परेकी युवतीको शवको पहिचान

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ०१


ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ को सेती चौताराभन्दा केही तलको खोंच भागमा फेला परेको युवतीको शवको पहिचान खुलेको छ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमका १८ वर्षीय पुष्पा लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ९डिएसपी० बालनरसिंह राणाले जानकारी दिए।

डिएसपी राणाका अनुसार पुष्पाका बुवाले शव आफ्नी छोरीको भएको भनेर हुलिया साविती गरेपछि पहिचान खुलेको हो।

शव पोष्टमार्टपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।

घटनाको र शवको प्रकृतिका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

शव अर्धनग्न अवस्थामा सेती चौताराबाट पर गएपछि टापु जस्तो देखिने ठाउँभन्दा तल खोंचमा फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस्