उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ: प्रधानसेनापति शर्मा

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ५२


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको फौज सुदृढीकरणमा जोड दिएका छन्।

जंगी अड्डास्थित सगरमाथा हलमा बुधबारदेखि आयोजित दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनापति शर्माले सेनाको क्षमता अभिवृद्धिमा जोड दिए।

तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने उनले बताए।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुमाथि भएको गहन छलफल तथा आपसी अन्तर्क्रियाबाट राय सुझाव प्राप्त भएका छन्।

जसले सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्