दशैंमा गाँउ जाँदै हुनुहुन्छ? इलाम जान गाडीभाडा १३३२, अछाम पुग्न १८७३ रुपैयाँ (सूची)

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ३१


काठमाडौं। सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ।

निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ। त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ।

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ। यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ।

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ।

कहाँ पुग्न कति लाग्छ? हेर्नुहोस् पिडिएफमा


प्रतिक्रिया दिनुहोस्