काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सकिएको छ। कोरोना महामारीका कारण यसअघि पटकपटक रोकिँदै आएको परीक्षा सरकारले साउन ३० गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा सम्पन्न भएको छ।
चर्चित नायिका करिष्मा मानन्धरले पनि यसपटक कक्षा १२ को परीक्षा दिइन्।
परीक्षा दिँदै गर्दा आफूलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतले फोन गरेर परीक्षाका लागि शुभकामना दिएको करिष्माले सामाजिक सञ्जाल मार्फत बताएकी थिइन।
करिष्माले अब आउँदा दिनमा पनि पढाईलाई निरन्तरता दिने सोच बनाएकी छन। १२ को परीक्षामा नजिता राम्रै आउँने उनको विश्वास छ।
आफू पढेको कलेजका साथीहरुसँग फोटो खिँचाउदै उनले फेसबुकमा लेखेकी छन्, ‘गुड बाई १२, सियु एभ्रिवन इन ब्याचलर’।
परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना गरेकी हुन।
ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन्। उनले १२ कक्षाको परीक्षा पनि त्यहीँबाट दिएकी थिइन्।
परीक्षा सुरु हुनुअघि धेरै डराए पनि अहिले आफूलाई धेरै खुसी लागेको करिश्माले प्रतिक्रिया दिइन्।
उनले परीक्षा राम्रो भएको जानकारी दिँदै भनिन्, ‘पहिले धेरै डर लागेको थियो। तर, अहिले म निकै खुसी छु।’
उनले कक्षा १२ पास भएमा किटनी माविबाटै स्नातक अध्ययन गर्ने पनि जानकारी दिइन्। भनिन्, ‘सरकारी स्कुलमै पढ्छु। अन्तको कस्तो छ थाहा छैन, तर म पढेको स्कुलमा सबै राम्रो छ।’
नेपाली चलचित्रकी सफल नायिका करिष्माको पढाईप्रतिको लगावलाई धेरैले प्रशंसा गरेका छन।