भारतको दिल्लीस्थित रोहिणी अदालतमा शुक्रबार गोली चलेको छ। समाचार संस्था एनएनआईका अनुसार गोली चल्दा गुन्डा नाइके जितेन्द्र मान गोगीको मृत्यु भएको छ।
गोगीमाथि आक्रमण गर्ने व्यक्तिहरु पनि आपराधिक समूहका सदस्य भएको अनुमान गरिएको छ। सुरक्षाकर्मीले जवाफी कारवाही गर्दा ती दुई आक्रमणकारीको पनि मृत्यु भएको छ।
प्रहरीका अनुसार ती दुई आक्रमणकारी वकिलको भेषमा अदालत परिसरमा आएका थिए। यो घटनामा एक महिला वकिलसहित अन्य तीन जना पनि घाइते भएका छन्।
Delhi: Shots fired at Rohini court premises, at least three injured. Details awaited. pic.twitter.com/sQLu6nPiVz
— ANI (@ANI) September 24, 2021