अमेरिकामा एक व्यक्तिले गोली चलाउँदै मच्चाए आतंक, एकको मृत्यु हुँदा १४ घाइते

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ३८


अमेरिकाको टेनिसीमा स्थानीय समयअनुसार बिहीबार मध्यान्न एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेपछि आतंक मच्चिएको छ।

टेनिसीको कुलिरभिलेमा गोली चल्दा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएको सीएनएनले जनाएको छ। ती आक्रमणकारीले गोली चलाउन थालेपछि केहीबेरमै प्रहरी घटनास्थल पुगेका थिए।

त्यहाँ पुग्दा आक्रमणकारीले आफैंलाई गोली हानेर आत्महत्या गरेको भेटिएका थिए।

सो क्षेत्रका प्रहरी प्रमुख डेल लेनका अनुसार सुपरमार्केटमा बेलुन फुटेको निउमा बन्दुधकारीले त्यहाँका कर्मचारी र ग्राहकमाथि अन्धाधुन्ध गोली चलाएका थिए। सीएनएन


प्रतिक्रिया दिनुहोस्