कोरोनाका कारण बेलायती पुरुषको औषत आयु घट्यो

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ०१


एजेन्सी। वेलायती पुरुषको औषत आयु घटेको छ।

पछिल्लो चालिस वर्षमा पहिलो पटक वेलायती पुरुषको औषत आयु घटेको हो।

‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक वेलायती पुरुषको आयु घटेको हो,’ वेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भने। तर, महिलाको औषत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ।

कोभिड महामारीअगाडि जन्मिएका बालकको औषत आयु ७९ दशमलब २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औषत आयु ७० वर्ष छ। तर, महामारी रोकिएपछि औषत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ।

‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भने, ‘कोरोनाभाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ।’


प्रतिक्रिया दिनुहोस्