प्रेमी शरद केडियाले गायिका इन्दिरालाई यसरी राखे विवाह प्रस्ताव (फोटो/भिडिओ)

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : २५


नेपालकी चर्चित गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन्। प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर जोशीलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन्।

विवाह प्रस्ताव गरेको फोटो र भिडिओ यतिबेला सामाजिक संजालमा चर्चाको विषय बनेका छन्। इन्दिराले आफूले शरदको विवाहको प्रस्ताव स्वीकार गरेको फेसबुकमा बताएकी छिन्। इन्दिराले आफ्नो फेसबुक पेजमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन्।

उनले लेखेकी छिन्, ‘उनले सोधेःमसँग विवाह गर्छौ? र मैले ‘हुन्छ’ भनिदिएँ।’

इन्दिराका प्रेमी शरद फेसन डिजाइनर हुन्। उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन्। नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मा लगायतले शरदको डिजाइन लगाउने गरेका छन्।

भिडिओ

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 ##engagementceremony ##tiktoknepal ##foryoupage ##captbibek ##lifeisbeautiful ##bestofluck ##fypシ ##khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

May be an image of 2 people, beard, people standing, sunglasses and outdoors

May be an image of 2 people, beard, people standing and outdoors

May be an image of 2 people, helicopter, outdoors and text that says 'AIR'

 

 

 


प्रतिक्रिया दिनुहोस्