११ सदस्यीय प्रशान्त व्यापार समूहको सदस्यताका लागि ताइवानले आवेदन दिएपछि चीन ताइवानविरुद्ध आक्रामक बनेको छ। चीनले ताइवानलाई कुनै पनि अन्तर्राष्ट्रिय संगठनको सदस्य हुन दिँदैन कारण उ ताइवानलाई आफ्नो प्रान्त मान्छ।
प्यासिफिक ट्रेड ग्रुपको सदस्यताको लागि ताइवानले आवेदन दिएपछि सो कदमबाट पछाडि हट्न संकेत गर्दै चीनले शक्ति प्रदर्शन गर्दै बिहीबार ताइवानको हवाई क्षेत्रमा १९ वटा युद्धक विमान पठाएको छ। चीनले आफूले चाहेमा ताइवानलाई आक्रमण गरेर नै कब्जा गर्ने बताउँछ।
उता चीनको चेतावानी बेवास्ता गर्दै ताइवानले अमेरिकाबाट अत्याधुनिक हतियार खरिद गर्दै आएको छ। ती हतियारले चीनको सामना गर्ने ताइवानको भनाइ छ। यसबीचमा ताइवान पुनः आफ्नो चेतावनी बाबजुद प्यासिफिक ट्रेड ग्रुपमा सामेल हुन लागेपछि चीनले धम्क्याउने उद्देश्यले ताइवानमा लडाकु विमानहरु पठाएको हो।
#Taiwan‘s bid to join the #CPTPP reflects our commitment to promoting free trade in the Asia-Pacific. I am confident that our membership in this deal would strengthen joint economic development & benefit people across the region & the world.
— 蔡英文 Tsai Ing-wen (@iingwen) September 23, 2021
चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेपछि ताइवानको रक्षा मन्त्रालयले एक बयान सार्वजनिक गर्दै चीनको विमानहरुको गस्ती गर्न आफूले पनि युद्धक विमान खटाएको बताएको छ। मन्त्रालयका अनुसार चीनका विमानहरुलाई आफ्ना गस्ती बिमानले पछ्याएका थिए।
चीनले हिजो १२ वटा जे–१६ विमान, दुई वटा जे–११ विमान र केही बम वर्षक विमान ताइवान पठाएको थियो। गत वर्षयता चीनका युद्धक विमानहरु ताइवान घुस्ने गरेका छन्।
ताइवानकी राष्ट्रपति साइ इंग–वेनले चीनको एक देश दुई प्रणाली ताइवानमा नचल्ने बताएर अमेरिकासँग सम्बन्ध बढाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीनबाट अलग्याउने शक्तिसँग कुनै समय पनि युद्ध हुनसक्ने भन्दै युद्धको लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्।
ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।
19 PLA aircraft (J-16*12, Y-8 ASW*2, H-6*2, Y-8 EW and J-11*2) entered #Taiwan’s southwest ADIZ in the morning of September 23, 2021. Please check our official website for more information: https://t.co/c5EJJFhzKL pic.twitter.com/81fIdFbWFI
— 國防部 Ministry of National Defense, R.O.C. 🇹🇼 (@MoNDefense) September 23, 2021
ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले आक्रामक व्यवहार बढाएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।
बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।
ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। बीबीसी र एससीएमपीको सहयोगमा
यो पनिः चीनको सम्भावित आक्रमणविरुद्ध तयार हुन ताइवानको पाँच दिने युद्ध अभ्यास
– ताइवानका सेनाले युद्ध अभ्यास गर्न लागेको ठाउँमै चिनियाँ लडाकु विमानहरु पुगेपछि…