६ सय रुपैयाँले घट्यो सुनको भाउ

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : २७


काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । हिजो (बिहीबार) ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । हिजो ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदिमा आज ५ रुपैयाँले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्