भारतमा एक किशोरीलाई ९ महिनासम्म बलात्कार गर्ने २८ व्यक्ति गिरफ्तार, ५ अझै फरार

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : १३


भारतमा महिला हिंसाको घटनाहरु दैनिक आइरहेका हुन्छन्। तर यसपटक महाराष्ट्र मुम्बईको घटनाले हिंसाको सीमा नाघेको छ।

बीबीसीका अनुसार एक १५ वर्षकी किशोरीलाई ९ महिनासम्म बलात्कार गरेको अभियोगमा हालसम्म २८ जना गिरफ्तार भइसकेका छन्।

प्रहरीका अनुसार आफ्नैं प्रेमीले बलात्कार गरेर भिडिओ बनाएपछि उनीमाथि धेरै व्यक्तिले यौन हिंसा गरे।

प्रेमीका साथीहरुले भिडिओ देखाउँदै सार्वजनिक गरिदिने धम्की दिएर उनीमाथि यौन शोषण गरेका हुन्। मुम्बईको दोम्बीभिली, बद्लापुर, मुर्बाद र राबलेमा किशोरीमाथि ३३ व्यक्तिले दोहोर्याउँदै समूहमा बलात्कार गरेको बुझिएको छ।

महिलाले आफूलाई बलात्कार गर्ने र धम्की दिएर यौन हिंसा गर्ने सबैलाई चिन्छिन्। ३३ मध्ये २८ पक्राउ पर्दा अहिले ५ जना फरार छन्। यसैहप्ताको बुधबार मात्र उनले साहसका साथ आफूमाथि भएको यौन हिंसाको बारेमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

सन् २०१२ मा भारतमा निर्भया काण्डले महिलामाथि हुने बलात्कारको घटना छताछुल्ल भएको थियो। त्यसबेला ६ व्यक्तिले एक युवतीलाई बलात्कार गरेर उनको क्रुर रुपमा हत्या गरेका थिए।

सन् २०२० को तथ्यांकअनुसार भारतमा दैनिक ७७ बलात्कारका घटना प्रहरीमा दर्ता हुन्छन्। भारतमा महिला हिंसा रोक्ने अभियान चलाएता पनि त्यो प्रभावकारी हुन सकेको छैन। विशेषगरी दलित महिला बलात्कार र यौनहिंसाको शिकार भएको पाइन्छ।


प्रतिक्रिया दिनुहोस्